पत्रकार शर्माको स्मृतिमा अक्षयकोष स्थापना    – Janadesh Daily | ePaper

पत्रकार शर्माको स्मृतिमा अक्षयकोष स्थापना   


जनादेश संवाददाता, 

पत्रकार शर्माको स्मृतिमा अक्षयकोष ...

कर्णाली । संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले आफ्ना संस्थापक सचिव स्व डिलप्रसाद शर्माको स्मृतिमा अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ । समाजको आज सम्पन्न पहिलो साधारणसभाले रु दुई लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

अक्षयकोषबाट उत्कृष्ट संसदीय रिर्पोटिङ गर्ने कर्णालीका दुईजना पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ । समाजका अध्यक्ष शेरबहादुर थापाले स्व. पत्रकार शर्माकै नाउँमा पुरस्कार वितरण गरिने बताउनुभयो । उहाँका अनुसार अक्षयकोष स्थापनाका लागि समन्वय एवं सहजीकरण गर्न संस्थाले उपाध्यक्ष देव रानालाई जिम्मेवारी दिएको छ ।

सुर्खेतका पत्रकार शर्माको २०७६ कात्तिक २८ गते बोनम्यारो रोगबाट उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्