पत्रकार बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ सार्वजनिक    – Janadesh Daily | ePaper

पत्रकार बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ सार्वजनिक   


काठमाडौँ, रासस

ईश्वरी बराल – Online Khabar
पत्रकार तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतकार क्षितिज समर्पणको शब्द र सङ्गीतकार राजकुमार शाहीको सङ्गीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानलमार्फत मङ्गलबार सार्वजनिक गरिएको छ ।

सञ्जय हमालले एरेन्ज गर्नुभएको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गर्नुभएको छ । डान्सिङ विधाको गीत युवायुवतीको मायाप्रेममा आधारित छ । गायिका बराल, रचनाकार क्षितिज समर्पण र सङ्गीतकार शाही पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । बरालले यसअघि ‘लभ पर्न सक्छ’ बोलको गीतमा स्वर दिनुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्