‘इनफ इज इनफ’ का पाँच जना सदस्य पक्राउ – Janadesh Daily | ePaper

‘इनफ इज इनफ’ का पाँच जना सदस्य पक्राउ


जनादेश, काठमाडौँ ।

सामाजिक अभियान इनफ इज इनफका पाँच जना सदस्य पक्राउ परेका छन् ।

गृहमन्त्रलायमा प्रवेश गर्नका लागि सिंहदरबारको दक्षिण गेटमा भेला भएका उनीहरूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्रमा भेला भइ मन्त्रालय भित्र प्रवेश गर्न खोजेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियन्ताहरू गृहमन्त्रालयमा सूचनाको हकको निवेदन दर्ता गराउन गएका बेला पक्राउ परेको जनाइएको छ । पक्राउ परेका अभियन्ताले आफनो नाम समेत नखुलाएको प्रहरीले जनाएको छ ।

कोरोना नियन्त्रणमा सरकारले लापरववाही गरेको बताउँदै स्वास्थ्य सेवा राम्रो बनाउनुपर्ने लगायतका माग राख्दै अभियन्ता अनसनरत छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्