बाढी पहिरोका कारण १२९ स्थानका सडकमा क्षती – Janadesh Daily | ePaper

बाढी पहिरोका कारण १२९ स्थानका सडकमा क्षती


जनादेश संवाददाता

काठमाण्डौ । असारयताको बाढी र पहिरोका कारण देशभरका १ सय २९ स्थानका सडकमा क्षती पुगेको छ ।

सडक विभागका अनुसार असारयताको बाढी र पहिरोमा परी बिभिन्न राजमार्गका ठुलो क्षती पु¥याएको हो ।

क्षतीग्रस्त मध्ये ५७ सडक समान्य मर्मत पछि सञ्चालनमा आएको विभागले जनाएको छ । ४९ सडक एकतर्फी सञ्चालनमा आएका छन् भने २३ स्थानको सडक पूर्ण रुपमा अबरुद्ध भएको विभागको तथ्यङकमा उल्लेख छ ।

यता दाङको घोराही होलेरी सडक खण्डमा पटक पटक खस्ने पहिरोले यातायात सेवा प्रभावित भएको छ । त्यस्तै अमेलिया तुलसीपुर, घोराही मुर्कुटी, तुलसीपुर सल्यान सडक खण्डमा पनि बर्षापछिको पहिरो र हिलाम्यले यातायात सेवामा समस्या पार्ने गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्