लागुऔषधको आरोपमा पोखरेल पक्राउ   – Janadesh Daily | ePaper

लागुऔषधको आरोपमा पोखरेल पक्राउ  


विराटनगर,

मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का रामप्रसाद पोखरेललाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ ।

आइस नामक लागुऔषधको घरमा राखेको आरोपमा निजलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो ।

करिब ५३० ग्राम रहेको सो लागुऔषधको मूल्य नेपाली बजारमा करोड भन्दा बढी रहेको उहाँले बताउनुभयो ।

पक्राउ परेका पोखरेलले यो लागुऔषध भारतबाट मगाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताउनुभयो । विशेष सुराकीको आधारमा हिजो पोखरेललाई घरबाटै पक्राउ गरेको बताइएको छ ।

विदेशमा एक ग्रामको रु नौ हजार ६०० मूल्य पर्ने यो लागुऔषधको नेपाली बजारमा रु एक करोड भन्दा बढी रहेको उपरीक्षक खड्काको भनाइ छ ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्