सहकारीले उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल   – Janadesh Daily | ePaper

सहकारीले उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल  


जनादेश संवाददाता

वाग्मती। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहकारीले उत्पादन तथा नेपाली उत्पादनको बजारीकरणमा जोड दिनुपर्ने बताएकाछन्।

प्रदेशस्तरीय सहकारी सङ्घलाई प्रमाणपत्र वितरण गर्दै मुख्यमन्त्री पौडेलले सहकारीले सोचेजस्तो काम गर्न नसकेको धारणा राखेकाछन् ।

मुख्यमन्त्री पौडेलले सहकारीले सङ्ख्यामा प्रगति गरेको भए पनि सहकारीको प्रमुख उद्देश्यअनुरुप व्यापकरुपमा उत्पादन गर्न नसकेको बताएकाछन् । उहाँले हिजोका दिनमा कानूनको अभावमा काम गर्न नसकिएको बताउने सहकारीले भनेअनुसार नै प्रदेश सरकारले कानून निर्माण गरेको अवस्थामा पनि प्रगति नदेखिएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरेकाछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्