कुरिनटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध – Janadesh Daily | ePaper

कुरिनटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


चितवन ।

पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाले पहिरो झर्दा सडक दुईतर्फी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा भइरहेकाले पहिरो पन्छाउने काम शुरु गर्न सकिएको छैन । पहिरो पन्छ्याउन केही समय लाग्ने जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्