चैतमा स्थगित एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा भदौको दोस्रो साता गरिदैँ, तालिका सार्वजनिक – Janadesh Daily | ePaper

चैतमा स्थगित एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा भदौको दोस्रो साता गरिदैँ, तालिका सार्वजनिक


जनादेश संवाददता

काठमाडौँ, १५ साउन । नेपाल मेडिकल काउन्सिलले गत चैतमा स्थगित गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी भदौको दोस्रो साता हुने भएको छ । काउन्सिलले गत ८ चैतमा स्थगित भएको एमबीबीएस र वीडीएसको लाइसेन्स परीक्षा आगामी ७ देखि १० भदौ ( ४ दिन) लगाएर लिने भएको हो ।

यसअघि काउन्सिलको परीक्षा स्वयम्भूस्थित नेपाली सेनाको अध्ययन् संस्थानमा हुने गर्दथ्यो तर यसपटक सो परीक्षा इन्जिनियरिङ अध्ययन् संस्थान, पुल्चोक क्याम्पसको सूचना प्रविधि भनवमा हुने भएको छ ।

यो पटक परीक्षा पनि पूर्ण रुपमा कम्प्युटरविधिबाट हुने बताइएको छ । काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीका अनुसार पहिलो दिन ७ भदौमा वीडीएस र दोस्रो तेस्रो र चौथो (८, ९ र १० भदौका) दिन एमबीबीएसको परीक्षा लिइनेछ ।

कोभिड -१९ को महामारीकाबीच काउन्सिलले गर्न लागेको यो परीक्षामा आवश्यक सतर्कता अपनाइउने जनाएको छ । संगसंगै परीक्षार्थीलाई समेत सतकर्ता अपनाउन भनेको छ ।

परीक्षा हलमा सामाजिक दुरी कायम गरिने, १००.४ डिग्री फरेन हाइट भन्दा माथि तापक्रम भएकालाई हल भित्र प्रवेश गर्न नदिने, स्यानिटाइज र मास्क अनिवार्य गरिने लगायतका स्वास्थ्य सम्वन्धी व्यवस्था गरेको छ ।

परीक्षामा यसअघिकै प्रवेश पत्रले काम गर्ने तर सहभागी हुनेहरुले १८ देखि २३ साउन भित्र प्रवेशपत्रको फोटोकपी काउन्सिललाई पठाउन भनिएको छ ।

काउन्सिलका अनुसार चैतको परीक्षाका लागि ७९३ जना एमबीबीएस र २६७ जना वीडीएसका गरी १ हजार ६० जनाले फारम भरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्