पहिरोबाट मृत्यु भएका परिवारलाई राहत – Janadesh Daily | ePaper

पहिरोबाट मृत्यु भएका परिवारलाई राहत


घोराही । 

जिल्ला प्रशासन कार्यालय दाङ आजबाट ...

जिल्ला प्रशासन कार्यालय दाङले हिजो बंगलाचुली गाउँपालिकामा पहिरोले घरको कोठा भत्कीदा च्याँपिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गरेको छ । पहिरोका कारण आमा छोरीको मृत्युभएको थियो ।

बंगलाचुली ५ साकिनेमा घर माथीको काल्ना खसेर कोठा भत्कीदा २४ वर्षीया बाटुली नेपाली र उहाँको दुई वर्षीया छोरी आयुस्माको च्याँपिएर मृत्यु भएको हो ।

प्रशासनले मृतक बाटुलीका सासु ससुरालाई जनही १ लाख ५० हजारका दरले ३ लाख रुपैया राहत प्रदान गरेको बंगलाचुली गाउँपालिकाका प्रेस संयोजक जिवन नेपालीले जानकारी दिनुभएको छ ।

मृतक बाटुलीको श्रीमान देवीराम नेपालीको पनि गतबर्ष मृत्युभएको बताईएको छ । यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङले पनि मृतकका परिवारलाई त्रिपाल , कम्मल भाडावर्तन लगाएतका सामाग्री सहयोग गरेको उहाँको भनाई छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्