कोशी अस्पताल विराटनगरमा बहिरङ (ओपिडी) सेवा बन्द    – Janadesh Daily | ePaper

कोशी अस्पताल विराटनगरमा बहिरङ (ओपिडी) सेवा बन्द   


विराटनगर,

विराटनगरको कोशी अञ्चल अस्पतालबाट ...
कोशी अस्पताल विराटनगरमा कार्यरत स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि आजदेखि बहिरङ ९ओपिडी० सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि सेनिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपिडी सेवा बन्द गरिएको मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिएकाछन् ।

अस्पतालको ओपिडी इञ्चार्जसहित एक कार्यालय सहयोगीमा बुधबार राति सङ्क्रमण पुष्टि भएपछि अस्पतालले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । अस्पतालमा बिरामीको भीड हुनाले समुदायमा सङ्क्रमण नफैलियोस् भनेर ओपिडी सेवा बन्द गरिएको हो ।

यसअघि अस्पतालका एक चिकित्सक र स्टाफ नर्समा सङ्क्रमण देखिएको थियो । अस्पतालबाट दैनिक ७०० बिरामीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका थिए । ओपिडी सेवा बन्द भए पनि आकस्मिक सेवा र फिभर क्लिनिक पुनः सञ्चालन रहेको डा दासले जानकारी गराए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्