प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

प्रहरी प्रधान कार्यालय नक्सालका थप १८ प्रहरीमा कोरोना संक्रमण पुष्टि


जनादेश, काठमाडौं ।

प्रहरी प्रधान कार्यालय नक्सालमा थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । उससँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । आइतबार केही प्रहरीमा कोरेनाको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि प्रधान कार्यालयले उनीहरूको रिपोर्ट भेरिफाइका लागि टेकुस्थित अस्पताल पठाएको थियो । चार जनामा संक्रमण पुष्टि भएपटिछ उनीहरूको सम्पर्कमा रहेकाको समेत परीक्षण गरिएको थियो ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशभरका २ सय ५० प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्