जनादेश,काठमाडौं ।
कोरोना संक्रमणक कारण पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको निधन भएको छ ।
थसिखेलकि ती महिलाको शुक्रबार बिहान ९ बजे निधन भएको हो । यससँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ५६ पुगेको छ । केही दिन अघि वीरगञ्जबाट आएकी उनको स्वास्थ्यमा समस्या देखिएपटि गत साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । स्टार अस्पतालमा चेकजाँच गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो ।
उनमा निमोनियाको समस्या समेत रहेको चिकित्सकले जनाएका छन् ।