मंगलको प्राचीन इतिहास अध्ययन गर्दै पर्सिभरेन्स रोभर – Janadesh Daily | ePaper

मंगलको प्राचीन इतिहास अध्ययन गर्दै पर्सिभरेन्स रोभर


जनादेश, काठमाडौं ।

मंगल ग्रहका बारेमा धेरै खोज तथा अनुसन्धान हुन नसकेका बेला यसको प्राचीन इतिहास अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरीक्ष संस्था नासाले बिहीबार पर्सिभरेन्स रोभर त्यसतर्फ पठाएको छ ।

अमेरिकाको फ्लोरिडा राज्यस्थित केनेडी स्पेस सेन्टरबाट एट्लास रकेटको सहाराले यसको प्रक्षेपण गरिएको हो । यसले सन् २०२१ को फेब्रुअरी १८ मा मंगलको जजोरो क्रेटरस्थित एक प्राचीन नदीको डेल्टा नजिकै अवतरण गर्ने छ । अवतरण गर्ने यो स्थान मंगलको प्राचीन नदीको मुहान र निकाससमेत रहेको नासाले बताएको छ ।

पर्सिभरेन्स रोभरले मंगलमा पाइने चट्टान, माटो, पानी, हावा आदिका स्याम्पल संकलन गर्ने जनाइएको छ । यो मिसन सफल भएपछि नासाको मंगल ग्रहमा मानिस पठाउने योजना रहेको बताइएको छ ।

मंगल ग्रहमा हुने एक वर्षको समय पृथ्वीका लागि ५ सय ८७ दिन हो । यो लगभग दोब्बर रहेको छ । पर्सिभरेन्स रोभरको मिसन अवधि एक मार्सियन वर्षको रहेको छ । त्यस अवधिमा रोभरले मंगल ग्रहको भूगर्भ अध्ययन गर्नुका साथै प्राचीन समयमा एक कोषीय जीवहरु रहे/नरहेको बारेमा अध्ययन गर्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्