दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार – Janadesh Daily | ePaper

दोहोरो अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार


काठमाडौँ ।

बिहिबार पुँजीबजार मापक परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से १३ दशमलव ०४ अंकले बढेर दुई हजार ७८२ दशमलव १६ विन्दुमा पुगेको छ ।

विकास बैंक ५०.५७, जलविद्युत ६५.४४, फाइनान्स १३.४२, निर्जीवन बीमा ३.२३, अन्य ४७.७३, माइक्रोफाइनान्स १३०.४२ र लगानी ०.३६ अंकले बढेका छन् । त्यस्तै, आज बैंकिङ ७.९५, होटल तथा पर्यटन ३८.०४, व्यापार ९.६, उत्पादन ५१.४७, जीवन बीमा ८७.६८ र सामूहिक लगानी ०.११ अंकले घटेका छन् ।

आज दुई सय २२ कम्पनीको ९२ लाख कित्ता शेयर ५ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्