सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै डिभिजन वन कार्यालय सिल – Janadesh Daily | ePaper

सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै डिभिजन वन कार्यालय सिल


डिभिजन वन कार्यालय सिन्धुली सिल गरी सबै सेवाहरु बन्द गरिएको छ । वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सबै सेवाहरु बन्द गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको छ । वैज्ञानिक वनको अवस्था बुझ्न सिन्धुली आएका उपसमितिका संयोजक संघीय सांसद यादवलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाले सबै सेवाहरु बन्द गरिएको डिभिजन वन कार्यालय सिन्धुलीले जनाएको हो ।

नारायणी अस्पताल वीरगन्जमा शुक्रबार गरिएको परीक्षणमा सांसद यादवमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपसमिति संयोजक यादव सहित आएको अनुगमन छानबिन टोलीले गत बुधबार सिन्धुलीस्थित वन कार्यालय , उपभोक्ता समितिका पदाधिकारीहरु, कार्यालय प्रमुख, र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो । शनिबारदेखि लागू हुनेगरी कार्यालयबाट उपलब्ध हुने सबै किसिमका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको डिभिजन वन कार्यालयले सूचना जारी गरेको छ ।

‘अन्तरक्रिया कार्यक्रममा आएका सांसद यादव, कार्यालय प्रमुख तथा अन्य सरोकारवालाहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेकाले सेवाग्राही तथा अन्य महानुभावहरुलाई संक्रमण हुने सम्भावना भएकाले सेवा बन्द गरिएको छ’सूचनामा भनिएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भएको छ भने पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न अनुरोध गरिएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायणकुमार श्रेष्ठले बताउनुभो ।

उपसमिति संयोजकको टोलीका चालक लगाएयत अन्यलाई समेत कोरोना भाइरस पुष्टि भएपछि सिन्धुलीमा समेत प्रत्यक्ष सम्पर्कमा रहेकाहरुमा कोरोना संक्रमण आशंका गरिएको छ । समुदायमा संक्रमण फैलन नदिन कन्ट्याक्ट ट्रेसिङ थालिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्