तीन उद्योगको सिमेन्ट बिक्री रोक्का, स्पष्टीकरण माग – Janadesh Daily | ePaper

तीन उद्योगको सिमेन्ट बिक्री रोक्का, स्पष्टीकरण माग


काठमाडौँ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिए अनुसार गुणस्तर नभएको भन्दै तीन उद्योगको सिमेन्ट बिक्री वितरण रोक्का गरेको छ ।

विभागले मारुती, युनाइटेड र जगदम्बा सिमेन्टको बिक्रि वितरण रोकिदिएको हो । त्यस्तै, यी तीन सिमेन्ट उद्योगसँग १५ दिनभित्र स्पष्टीकरण माग गरिएको छ ।

सिमेन्ट परिक्षणका क्रममा तोकेको गुणस्तर अनुसार नरहको भन्दै विभागले तीन सिमेन्ट उद्योगको विक्री वितरण रोक्का गरी १५ दिन भित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो ।

सिराहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्ड अनुसार गुणस्तर नपुगेको विभागले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्