सेयर बजारमा सामान्य वृद्धि, ३ अर्बकाे कारोबार – Janadesh Daily | ePaper

सेयर बजारमा सामान्य वृद्धि, ३ अर्बकाे कारोबार


काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार पुँजीबजार मापक परिसूचक नेप्से बढेको छ । आज नेप्से ७.९ अंकले बढेर दुई हजार ७६५ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ २.८९, होटल तथा पर्यटन १४९.७६, व्यापार १५.८३, जलविद्युत १०.९२, निर्जीवन बीमा ९९.४८, अन्य २७.६५, लगानी ०.७२ र म्यूचुअल फन्ड ०.०६ अंकले बढेको छ । त्यस्तै, विकास बैंक ३४.९९, फाइनान्स २३.२९, उत्पादन २४.९१, माइक्रोफाइनान्स १४.५७ र जीवन बीमा ७.०८ अंकले घटेका छन् ।

आज दुई सय २५ कम्पनीको ७५ लाख कित्ता शेयर ३ अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्