जाजरकोटमा बस पल्टियो, ५ को मृत्यु, २८ घाइते – Janadesh Daily | ePaper

जाजरकोटमा बस पल्टियो, ५ को मृत्यु, २८ घाइते


जनादेश अपडेट ।

जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। अरु २८ जना घाइते भएका छन्।

जाजरकोटका डिएसपी मधुकुमार थापाका अनुसार आइतबार बिहान साढे २ बजेतिर भेरी नगरपालिका–१३ बराचउरमा बस पल्टिएर दुर्घटना भएको हो।

नेपालगञ्जबाट जाजरकोटको कालिमाटी जाँदै गरेको ना६ख २७५७ नम्बरको बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये शेरबहादुर परियार, विद्या शाही (वर्ष चार, रुकुम पश्चिम) र सप्तरीका गंगाराम यादव (शिक्षक) को नाम खुलेको छ। अरु दुईजनाको पहिचान हुन बाँकी रहेको डिएसपी थापाले बताए।

घाइतेहरुको खलंगा अस्पतालमा उपचार भइरहेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्