आजको मौसमः यी प्रदेशमा हुने छ वर्षासँगै हिमपात – Janadesh Daily | ePaper

आजको मौसमः यी प्रदेशमा हुने छ वर्षासँगै हिमपात


जनादेश वेदर
अरब सागरमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको आंशिक प्रभाव नेपालको मौसममा परेको छ। सोही प्रभावका कारण आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। देशका केही भागमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेको छ।

त्यसैगरी आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहने महाशाखाको भनाइ छ। कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

ती प्रदेशका उच्च पहाडी र हिमाली भू–भागको धेरै स्थानहरूमा मध्यम देखि भारी हिमपात सम्भावना रहेका महाशाखाले जनाएको छ। दैनिक रुपमा तापक्रम घटिरहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्