माओवादी केन्द्रको प्रदेश सम्मेलनः ९ प्रदेशको नेतृत्व चयन आज – Janadesh Daily | ePaper

माओवादी केन्द्रको प्रदेश सम्मेलनः ९ प्रदेशको नेतृत्व चयन आज


जनादेश अपडेट ।

नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलनअन्तर्गत आज नयाँ नेतृत्व चयन गर्दैछ ।

७ भौगोलिक र २ गैर भौगोलिक गरी ९ प्रदेशमा हिजो एकैसाथ उद्घाटन भएको सम्मेलनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।

आजै हुने बन्द सत्रले प्रवासबाहेक ९ प्रदेशको नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ। माओवादीमा सर्वसम्मतको नाममा प्रतिस्पर्धा गर्न नदिई पदाधिकारी छनौट गर्ने तयारी गरिएको छ ।

सबैजसो प्रदेशमा नेतृत्वका आकांक्षी धेरै भए पनि कसैले पनि उम्मेदवारी सार्वजनिक गरेका छैनन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्