आजको मौसमः पश्चिमी मौसमी प्रणालीले वर्षा र हिमपातको सम्भावना – Janadesh Daily | ePaper

आजको मौसमः पश्चिमी मौसमी प्रणालीले वर्षा र हिमपातको सम्भावना


जनादेश वेदर वाच ।

पश्चिमबाट भित्रिँदै गरेको मौसमी प्रणालीका कारण आउँदा दिनमा बदली तथा केही स्थानमा वर्षा एवम् हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभरको तापक्रमसमेत घट्दै जाने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसम विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ। बुलेटिनमा उल्लेख छ, ‘पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीको कारण पुस २ गते शुक्रबार बिहानदेखि नेपालको सुदूर पश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावना रहेको छ।’

यस्तै सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ। ‘उक्त प्रणालीका कारण आगामी दिनहरूमा तापक्रममा समेत गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको छ। आउँदो शनिबार साँझबाट क्रमशः मौसममा बिस्तारै सुधार हुँदै जाने देखिन्छ’, बुलेटिनमा उल्लेख छ।

सो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्