राजधानीका लागि जग्गा अधिग्रहण र गुरुयोजनाको काम एक महीनाभित्र सम्पन्न गर्नु: मुख्यमन्त्री केसी – Janadesh Daily | ePaper

राजधानीका लागि जग्गा अधिग्रहण र गुरुयोजनाको काम एक महीनाभित्र सम्पन्न गर्नु: मुख्यमन्त्री केसी


जनादेश, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी निर्माणको लागि जग्गा अधिग्रहण र गुरुयोजनाको काम एक महीनाभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

जग्गा अधिग्रहण कार्यदलको प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जग्गा अधिग्रहण र गुरुयोजना निर्माणको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका हुन् ।

बैठकमा बोल्दै मुख्यमन्त्री केसीले पहिलो चरणमा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई पहिलो घेरा बनाएर काम गर्ने र दोस्रो चरणमा लमही नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र प्युठानको सरुमारानी गाउँपालिकालाई समेटेर काम अघि बढाउने बताए ।

कानून, महिला तथा बालबालिका मन्त्री रमा घर्तीमगरले मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी संयोजक रहेको ५ सदस्यीय कार्यदलले जग्गा अधिग्रहणको काम गरिरहेको भन्दै कानूनी बाधा अवरोध भए सहजीकरण गरेर काम छिटो गर्न निर्देशन दिएकी छन् । बैठकमा राप्ती गाउँपालिका, शीतगंगा नगरपालिका, लमही नगरपालिका, गढुवा गाउँपालिकाका जनप्रतिनिधिहरूको सहभागिता थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्