विद्युतको खपत बढाउन मन्त्री भुसालको आग्रह – Janadesh Daily | ePaper

विद्युतको खपत बढाउन मन्त्री भुसालको आग्रह


जनादेश, काठमाण्डौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छन्। मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन्।

1140x725

शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पुर्‍याउन सबै क्षेत्रलाई आग्रह गरिन्।

मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको बताइन्। सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर घटाएको उनको भनाइ थियो।

‘आफ्नै देशको जलस्रोत हो। यसबाट उत्पादित भएको विजुली सस्तो हुनुपर्छ भनेर रेट पनि घटाएको जानकारी गराउँदछु। र ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस भनेर अपिल गर्न चाहन्छु’ उनले भनिन्, ‘भान्सामा प्रयोग गर्ने एलपी ग्यास होस् वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस्।

अझ बढी यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔं। जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ। सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । र, यसले असन्तुलित व्यापार घाटालाई न्यूनिकरण गर्न पनि सकिन्छ।’

मन्त्री भुसालले सरकारले विद्युत बिक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको पनि स्मरण गराइन्।

त्यस अवसरमा उनले सामूदायिक अस्पतालहरुले समूदायको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै ती अस्पतालहरुमा आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताइन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्