किराँत समुदायको मुख्य पर्व उधौली आज, मुख्य सहरी क्षेत्रमा सार्वजनिक विदा – Janadesh Daily | ePaper

किराँत समुदायको मुख्य पर्व उधौली आज, मुख्य सहरी क्षेत्रमा सार्वजनिक विदा


जनादेश अपडेट ।

किराँत समुदायले आफ्नो मुख्य पर्वका रुपमा आज उधौली मनाउँदैछन् । खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने मंसिर शुल्क पूर्णिमाको यो दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् ।

मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व मनाउने किराँत समुदायले बाली लगाउने बेला अर्थात वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व मनाउने चलन छ ।

आज भूमि पूजाका लागि बिहानैदेखि किँरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ ढोल झ्याम्टासहित बाजाको तालमा नाच्दै पर्व मनाउने ठाउँमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ-आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

वैशाख पूर्णिमामा उभौली बाली लगाउनुअघि भूमिको पूजा गर्नुपर्ने सन्दर्भसँग जोडिएको छ भने आजको उधौली बाली उत्पादन गरिदिएकोमा भूमिप्रति कृतज्ञता ज्ञापन गर्ने सन्दर्भसँग जोडिएको मानिन्छ ।

यस्तै उधौली-उभौलीले ऋतु परिवर्तन र पर्यावरण अनुकुलता अनुरुपका कामका रुपमा समेत लिने गरिन्छ ।

आजै धानकाे पूजा गरी मनाइने धान्य पूर्णिमा र नेवार समुदायले याेमरी पुन्हि पनि मनाउँदैछन् । सरकारले पर्व मनाइने मुख्य स्थानहरुमा सावर्जनिक विदा दिएकाे छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्