पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा शीतलहर, हिमाली भू-भागमा हिमपातको सम्भावना – Janadesh Daily | ePaper

पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा शीतलहर, हिमाली भू-भागमा हिमपातको सम्भावना


जनादेश वेदर ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही तराइका थोरै भूभागमा हुसु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको हो।

आज दिउँसो देशको पहाडी भू-भागमा आँशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राति देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।


तराईका भू–भागमा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रही केही पहाडी भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्