एजेन्सी ।
भुटानी रोनाल्डोको उपनाम पाएका चेन्चो ग्याल्सेनको ह्याट्रिक सहयोगमा पारो एफसीले भुटानी प्रिमियर लिगको पहिलो खेलमा सानदार जित निकालेको छ ।
घरेलु मैदानमा शनिबार भएको खेलमा पारोले ड्रक स्टारमाथि ८–० को फराकिलो जित निकालेको हो । अघिल्लो दुई सिजन हारबाट शुरुवात गरेको पारोले यो सिजन सानदार जितसहित विजयी शुरुवात गरेको हो ।
पारोको फराकिलो जितमा चेन्चोले ह्याट्रिकसहित चार गोल गरे । लोडे, यसी दोर्जी, छेल्ट्रिम र पव थिन्लेले समान एक गोल गरे । पारोले पहिलो हाफमा ५ तथा दोस्रो हाफमा तीन गोल थपेको थियो ।
अब पारोले लिगको दोस्रो खेलमा अर्काे साता ट्रान्सपोर्ट एफसीसँग प्रतिस्पर्धा गर्दैछ । गत सिजन नेपाल यू-१९ टोलीका कप्तान अर्पण कार्कीले पारोका लागी खेलेका थिए ।