एजेन्सी ।
ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो झन्डै चार महिनापछि जेल मुक्त हुने भएका छन् ।
नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा ४० वर्षे विश्वविजेता रोनाल्डिन्होसँगै उनका दाई तथा एजेन्ट रोबर्टाेलाई गत अप्रिलमा पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो । उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाइएपनि ३२ दिनपछि नै जेलबाट सार्दै रोनाल्डिन्हो दाजु भाईलाई चारतारे होटलमा सारिएको थियो । तारेखमा छुट्नको लागि १.६ मिलियन डलर तिर्न नसकेपछि उनीहरु जेलमा रहन बाध्य बनेका थिए ।
क्षतिपूर्ति १.२ मिलियन युरो तिरेपछि जेलमुक्त हुने भएका हुन् । तर, बेलायती पत्रिका दि सनको दावीअनुसार उनीहरुको जेल सजाय छिट्टै अन्त्य हुँदैछ । रोनाल्डिन्होले उनको पक्राउमा पुर्याउने घटनामा उनको भुमिकाको लागि सजाय पर्खिरहेका छन् ।
पछिल्लो प्रतिवेदनअनुसार यो पनि दावी गरिएको छ कि रोनाल्डिन्होसँग नक्कली राहदानीबाहेक अन्य कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन । पाराग्वे अधिकारीहरुले पनि उनीहरुलाई कथित मनी लन्ड्रिङको आरोपमा अझैपनि छानविन गरिरहेको छ ।
दि सनको रिपोर्टअनुसार राहदानी रोनाल्डिन्होको नाममा छ । उनको जन्मस्थल र जन्ममिति पाराग्वे रहेको दावी छ । रोनाल्डिन्होले यसअघि नै ब्राजिल र इयुको दुवै पासपोर्ट राखेका थिए । ति सबै जफत गरिएको छ । पुर्व बार्सिलोना र एसी मिलानका स्टार रोनाल्डिन्होलाई ‘ला फाउन्डसियन एन्जेलिकल’ जसले कम आय भएका बच्चाहरुलाई चिकित्सा सहायता प्रदान गर्ने कार्यक्रममा जाने क्रममा पक्राउ परेका थिए । त्यसपछि उनी जिनियस अफ लाइफ पुस्तक विमोचन कार्यक्रममा जाने तालिका थियो ।
४० वर्षीय रोनाल्डिन्होले २०१५ मा फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले पछिल्लो पटक घरेलु क्लब फ्लुमिनेन्सबाट खेलेका थिए । आफ्नो समयको उम्दा खेलाडी रोनाल्डिन्हो ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए । उनले क्याटलान क्लब बार्सिलोनाबाट दुई ला लिगा र च्याम्पियन्स लिग जितेका थिए । उनले एक बालोन डि ओर र दुईपटक फिफा वल्ड प्लेयर अफ दि इयरको अवार्ड जितेका थिए c