रक्षाबन्धन : जीवन रक्षासूत्र – Janadesh Daily | ePaper

रक्षाबन्धन : जीवन रक्षासूत्र


जनादेश दैनिक :

रक्षाबन्धन हिन्दु धर्मावलम्बीको एक ठूलो चाड हो । यो चाड प्रत्येक संवत्सरको श्रावण शुक्ल पूर्णिमाका दिन मनाइन्छ । रक्षाबन्धनका दिन अर्थात् श्रावण सोमबार गुरूपुरोहितद्वारा हातमा रक्षासूत्र बाँधेर मनाइने परम्परा छ ।

रक्षाबन्धन सांकेतिक हातमा बाँधिन्छ, जहाँ शरीरका नौनाडीहरु चलिरहेका हुन्छन् । मानिसको दम वा प्राण छ कि छैन भनेर यही नाडीको नसामा छाप्ने वा मापण गर्ने गरिन्छ ।

बाँधिएको धागोले धन, शक्ति, हर्ष र विजय प्राप्त गराउँछ ।

देवासुर संग्राममा दानवबाट पराजित हुँदै गएका ईन्द्रसहितका देवता शक्ति आर्जन र असुरमाथि विजय प्रप्त गर्ने उद्देश्यले देवगुरु बृहस्पतिको हार्दिक पुकार गर्दछन् ।

पहिल्यै जानकार रहेका देवगुरु वृहस्पतिले हातमा रक्षाबन्धन लिएर देवताहरुको भौतिक शरीर रक्षाका लागि रक्षाबन्धन हातमा बाँधिदिन्छन् । आखिर यो चलन यहीबाट चलिआएको मानिन्छ ।

देवतालाई रक्षाबन्धन बाँधिदिएपछि लडाइँमा उनीहरुको विजय हुन्छ । रक्षाबन्धनलाई आफ्नो रक्षा र शत्रु नाशकका रुपमा लिइन्छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्