पहिरोमा पुरिएर १० जनाको मृत्यु, एकको उद्धार – Janadesh Daily | ePaper

पहिरोमा पुरिएर १० जनाको मृत्यु, एकको उद्धार


सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकमा पहिरोमा परेर १० जनाको मृत्युभएको छ ।

मेलम्ची नगरपालिका११ मा पहिरोमा पुरीएर ८ जना मजदुरको मृत्युभएको छ । लगातारको वर्षासँगै राति पहिरो खसेपछि ९ जना पुरिएका थिए ।

ति मध्य एक जनाको उद्धार गरेर उपचारका लागि काठमाडौ लगिएको छ ।मेलम्ची बजार पिपलबोट नजिक ढिस्को खसेर कामदार सुतेको घर पुरेको हो ।

उनीहरु वाग्मती प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्ड हल बनाउन खटिएका कामदार रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिनुभयो ।

यसैविच सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवामा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।

यज्ञबहादुर क्षेत्री र उहाँकी श्रीमती लक्ष्मीको पहिरोमा पुरिएकार ज्यान गएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्