रु १७ लाख ठगी गर्ने पक्राउ    – Janadesh Daily | ePaper

रु १७ लाख ठगी गर्ने पक्राउ   


काठमाडौँ, 

नेपाल प्रहरीले पोल्यान्ड पठाइदिन्छु भनी रु १७ लाख ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकी ४० वर्षीय कमलाकुमारी थापालाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले विभिन्न प्रलोभनमा पारेर लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

अमेरिकी पक्राउ    

महानगरीय अपराध महाशाखाको टोलीले अमेरिकामा कम्पनी दर्ता गरिदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले कोटेश्वरका टुकनारायण श्रेष्ठको एटलस सेक्युरिटी प्रालिलाई अमेरिकामा दर्ता गरिदिन्छु भनी रु १० लाख ठगी गर्ने अमेरिकाका ६५ वर्षीय डेनियल ली मेगीलाई आइतबार क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता कार्कीले बिजनेस भिसामा अमेरिका लाने भनेर सुजन थापा र सन्दीप कार्कीलाई प्रतिव्यक्ति रु पाँच लाख ठगी गर्ने प्रयास गर्दागर्दै पक्राउ गरिएको जानकारी दिनुभयो ।

अभियुक्त मेगीले अरू व्यक्तिलाई पनि ठगेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्