बुटवलको अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि, स्वास्थ्यकर्मी क्वारेन्टिनमा – Janadesh Daily | ePaper

बुटवलको अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि, स्वास्थ्यकर्मी क्वारेन्टिनमा


जनादेश, रुपन्देही ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको हो । निमोनियाको उपचार गर्न आएका २२ वर्षीय युुवकमा संक्रमण देखिएको अस्पतालले जनाएकको छ । आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनलाई सोमबार साधारण बेडमा सारिएको थियो ।

युवकको रिपोर्ट पोजेटिभ आएसँगै उनको उपचारमा संलग्न स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई क्वारेन्टिनमा पठाइसकिएको जनाइएकको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्