एजेन्सी ।
अतिरिक्त समयमा जोए ब्रायनले दुई गोल गरेपछि फुलहमले च्याम्पियन्ससिपको प्ले अफमा ब्रेन्टफोर्डलाई पराजित गर्दै प्रिमिरय लिगमा बढुवा भएको छ ।
वेम्वली स्ठटेडियममा मंगलबार राति भएको खेलमा फुलहमले ब्रेन्टफोर्डमाथि अतिरिक्त समयमा २–१ ले पराजित गर्दै प्रिमियर लिगमा फर्किएको हो । सबै तीन गोल अतिरिक्त समयमा नै सम्भव भएको थियो ।
निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा दुजै टोलीले गोलका केही अवसरहरु खेलर फाल्दा खेल अतिरिक्त समयका लम्बिएको थियो । अतिरिक्त समयको १०५औं मिनेटमा ब्रायनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए ।
११७औं मिनेटमा ब्रायनले एलेक्सन्डर मिट्रोभिकको पासमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरेपछि फुलहम जिततर्फ अग्रसर बनेको थियो । अन्तिम समयमा ब्रेन्टफोर्डका हेनरिक डाल्सगार्डले गोल गरेपनि हार टान सकेन ।
फुलहम रेलिगेसनमा परेको एक सिजन पछि नै प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो । फुलहम २०१८–१९ को सिजनमा दोस्रो डिभिजनमा घटुवा भएको थियो । फुलहम २०१४ देखि २०१८ सम्म च्याम्पियन सिपमा रहेको थियो ।
२०१८ मा सिधै प्रिमियर लिगमा बढुवा हुने मौका गुमाएको फुलहमले इएफएल च्याम्पियनसिप प्ले अफ फाइनलमा एस्टन भिल्लालाई पराजित गर्दै प्रिमियर लिगमा बढुवा भएको थियो ।
च्याम्पियससिपबाट यो सिजन लिड्स र बेस्ट ब्रुम अल्वियोन सिधै छनोट हुदा एक स्थानको लागि चार टोली (ब्रेन्टफोर्ड, फुलहम, कार्डिफ सिटी र स्वान्सी सिटी) बीच प्ले अफमा प्रतिस्पर्धा भएको थियो ।