विकास निर्माणमा नागरिक स्वामित्व अनिवार्य ः मुख्यमन्त्री पोख्रेल – Janadesh Daily | ePaper

विकास निर्माणमा नागरिक स्वामित्व अनिवार्य ः मुख्यमन्त्री पोख्रेल


घोराही,

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सरकारले तय गरेका बजेट कार्यक्रमलाई निर्धारीत समयमै कार्यान्वयनमा ल्याउन स्थानिय जनप्रतिनिधीहरुलाई निर्देशन दिनुभएको छ ।

जिल्ला समन्वय समिति दाङको चौथो जिल्ला सभाको आज घोराहीमा उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले कुनै पनि कार्यक्रम र बजेट फिर्ता नहुने गरी समयमै गुणस्तरीय ढंगले काम सक्ने योजना बनाउन स्थानिय तहका जनप्रतिनिधीहरुलाई निर्देशन दिनुभएको हो ।

सरकारले तय गरेका कार्यक्रम र बजेटलाई आफ्नै सम्पत्ती हो भन्ने गराउने गरी नागरिकहरुलाई विकासमा सहभागि गराउन उहाँले सुझाब दिनुभयो । जिम्मेवारी लिएकाहरुले समयमै काम नगर्ने र राजनितिक संरक्षण दिने प्रबृत्ती अत्यन्त घातक हुने भन्दै नागरिक सहभागिता अनिवार्य गराउन आग्रह गर्नुभयो ।

साथै मुख्यमन्त्री पोख्रेलले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले कोरोना संकटका बेला परिक्षण रोकेर अपराध गरेको टिप्पणि गर्नुभयो । सेवामा गुणस्तरीयता, शैक्षिक कार्य प्रारम्भ गर्ने समयमा व्यापार तर्फ प्रतिष्ठान लागेको र पैसा मागेर परिक्षण गराउने सोचले ल्याब ठप्प पार्नु महाअपराध भएको टिप्पणि गर्नुभएको हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्