पछिल्लो २४ घण्टामा देशभर थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४२४ नमूना परीक्षणमध्येमा २९९ पीसीआर र १७७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
त्यस्तै, सोही अवधिमा थप ३ संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ११ हजार ९२८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८३१ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ ।
हाल देशभर १० हजार ७४७ सक्रिय संक्रमित रहेका छन् ।