दाङमा सुनको भाउ प्रति तोला एक लाख १९ सय – Janadesh Daily | ePaper

दाङमा सुनको भाउ प्रति तोला एक लाख १९ सय


 घोराही,

दाङमा हिजोको तुलनामा आज सुनको भाउ तोलामा एक हजार ६ रुपैयाँ बढेको छ ।

दाङका बजारमा आज सुन प्रति तोलालाई एक लाख एक हजार ९ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी संघ घोराहीका सदस्य जनक गहतराजले जानकारी दिनुभयो ।

दैनिक मूल्य बढ्दै गएको अबस्थामा आज अहिले सम्मकै उच्च विन्दूमा भाउ बढेको हो । यसै क्रममा आज चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । सुनको भाउ बढ्दै जाँदा कारोबारमा ठूलो असर परेको छ ।

चाडपर्व आउदै गर्दा सुनको विक्रि उच्च हुने समयमा यस बर्ष भने सुनको भाउ उच्च हुदा किन्ने उपभोक्ताहरु घटेका छन् । सुनको भाउ बढ्दै जाँदा पसलहरु सुनसान बन्दै गएको सदस्य गहतराजको भनाई छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेको, सुनको उत्पादनमा कमी आएको, ठूला देशबीच द्वन्द्व बढेको तथा कोरोना संक्रमणका कारण अस्थिरता बढेकाले सुनको भाउ निरन्तर बढिरहेको व्यवसायीहरुले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्