राष्ट्रपतिद्वारा शोक व्यक्त    – Janadesh Daily | ePaper

राष्ट्रपतिद्वारा शोक व्यक्त   


काठमाडौँ,

राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानका राष्ट्रपति मिसेल आओनलाई आज एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।

शोकको यस घडीमा विष्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धारका प्रयास सफल हुने चाँडोभन्दा चाँडो त्यहाँको अवस्था पूर्ववत्रुपमा सामान्य बन्ने विश्वास सन्देशमा व्यक्त गर्नुभएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्