आजको मौसमः मेघगर्जनसहित वर्षाको सम्भावना कहाँ-कहाँ ? – Janadesh Daily | ePaper

आजको मौसमः मेघगर्जनसहित वर्षाको सम्भावना कहाँ-कहाँ ?


जनादेश वेदर।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आजकाे माैसम आंशिक बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रदेश १ को पहाडी भू–भागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्