आजको मौसमः स्थानीय र पश्चिमी वायुको प्रभावले यी ठाउँमा पानी पर्ने – Janadesh Daily | ePaper

आजको मौसमः स्थानीय र पश्चिमी वायुको प्रभावले यी ठाउँमा पानी पर्ने


जनादेश वेदर।

हाल नेपालमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भेगका आंशिक बदली रहेको तथा बाँकी ठाउँमा मौसम सफा रहेको छ ।

आज दिउँसो र राति प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

अबको २४ घण्टामा पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । साथै पश्चिम तराईका भू-भागमा केही गर्मी बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्