नयाँ वर्षको उपहारः काठमाडौं उपत्यकामामा आजदेखि सार्वजनिक गाडीको भाडा बढ्यो – Janadesh Daily | ePaper

नयाँ वर्षको उपहारः काठमाडौं उपत्यकामामा आजदेखि सार्वजनिक गाडीको भाडा बढ्यो


जनादेश वाच।
बागमती प्रदेश सरकारले बढाएको सार्वजनिक सवारीसाधनको भाडा आज (वैशाख १ गते) बाट लागू भएको छ।

बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन प्रयोग गर्दा लाग्ने भाडा बढाइएको जानकारी यसअघि नै दिएको थियो।

वृद्धि गरिएको भाडादरअनुसार अबदेखि यात्रुवाहक सवारीसाधनमा ५, १०, १५, २० र २० किलोमिटर भन्दा बढीको यात्रा गर्दा क्रमशः २०, २५, ३०, ३३ र ३८ रुपैयाँ लाग्नेछ।

यस्तै ट्याक्सीको भाडा पनि बढाइएको छ।

बागमती प्रदेश सरकारले जारी गरेको सूचनाअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीमा सुरु फ्लाग डाउनमा रु। ५० कायम गरिएको छ। यस्तै प्रति दुई सय मिटरको १० रुपैयाँ, प्रतीक्षा शुल्कको विषयमा प्रतिमिनेट २० रुपैया, राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रति दुई सय मिटरको १५ रुपैयाँ भाडा कायम गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्