काठमाडौंको मेयरका लागि यी हुन् एमालेका ५ सम्भावित उम्मेद्ववार – Janadesh Daily | ePaper

काठमाडौंको मेयरका लागि यी हुन् एमालेका ५ सम्भावित उम्मेद्ववार


जनादेश वाच।

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारका लागि ५ जनाको नाम सिफारिस गरेको छ। एमाले काठमाडौं महानगर कमिटीले मेयरसहित उपमेयरका उम्मेदवारका लागि नाम सिफारिस हो।

एमाले नेता कृष्ण राईका अनुसार मेयरका लागि पूर्वमेयर केशव स्थापित, हालका मेयर विद्यासुन्दर शाक्यसमेत सिफारिसमा परेका छन्। यस्तै पूर्वमन्त्री रामवीर मानन्धर पनि काठमाडौं मेयरमा सिफारिस भएका छन्।

यस्तै निर्मल देउला र इन्दिरा पन्तसमेत सिफारिसमा परेको राईले जानकारी दिए। पाँचमध्ये एक जनालाई एमालेले मेयरको उम्मेदवार तोक्न सक्छ।

उपमेयरका लागि पनि ५ जना सिफारिसमा परेका छन्। शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्लेलाई उपमेयरका लागि सिफारिस गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्