आजको मौसमः वाग्मतीसहित सातवटै प्रदेशमा चट्याङ्सहित वर्षा – Janadesh Daily | ePaper

आजको मौसमः वाग्मतीसहित सातवटै प्रदेशमा चट्याङ्सहित वर्षा


जनादेश वेदर।

देशका केही भू–भागमा आज पानी पर्ने भएको छ । गण्डकी, वाग्मती र प्रदेश १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज राति प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार हाल नेपालमा भारतको उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय रेखाको प्रभाव रहनुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्