ललितपुर महानगरको उपप्रमुखमा माओवादीले बज्राचार्यलाई उम्मेदवार बनाउने – Janadesh Daily | ePaper

ललितपुर महानगरको उपप्रमुखमा माओवादीले बज्राचार्यलाई उम्मेदवार बनाउने


जनादेश, काठमाण्डौं । ललितपुर महानगरपालिकाको उपमेयर पाएको गठबन्धनको दल माओवादी केन्द्रले बाबुराजा बज्राचार्यलाई उम्मेदवार बनाउने भएको छ । माओवादी पार्टीको ललितपुर महानगरपालिका कमिटी बैठकले बज्राचार्यलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक शिव कट्टेलले महानगर कमिटीको निर्णयअनुसार बज्राचार्यलाई महानगरपालिका उपमेयरको उम्मेदवार बनाउने बताए । ‘महानगरपालिका कमिटीको सर्वसम्मत निर्णय भएअनुसार बाबुराजा बज्राचार्यलाई ललितपुर महानगरपालिकाको उपमेयर बनाउन सिफारिस भएको छ,’ उनले भने ।

ललितपुर महानगरपालिकाको मेयर कांग्रेसको भागमा परेको छ ।

गठबन्धन दलमा महानगरपालिका भागबन्डा गर्ने क्रममा ललिपुरको मेयर कांग्रेस र उपमेयर माओवादीले लिने सहमति भएको थियो ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ता हुँदैछ । त्यसको चटारो दलहरुले उम्मेदवार धमाधम छनोट गरिरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्