कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने – Janadesh Daily | ePaper

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने


जनादेश संबाददाता,

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको छ । कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बोर्डले जनाएको छ ।

तर परीक्षाको लागि लिएको ६ सय रुपैंया मध्ये प्रति विद्यार्थी चार सय मात्रै फिर्ता दिने निर्णय बोर्डले गरेको छ । दुई सय रुपैंया परीक्षाको तयारी तथा प्रश्नपत्र छपाइ लगायतमा खर्च भएकोले फिर्ता दिन नसकिने बोर्डको भनाइ छ । उक्त रकम विद्यार्थीको कक्षा १२ को परीक्षा फाराम भर्ने समयमा मिनाहा गर्ने पनि बोर्डले जनाएको छ ।

कक्षा ११ को परीक्षा भने सम्बन्धित विद्यालयले सञ्चालन गर्नेछन भने पुरक तर्फका विद्यार्थीको शुल्क ट्रान्सकिप्ट लिने बेला मिलान गरिने छ । बोर्डले परीक्षा सञ्चालन गर्दा परीक्षा आवेदन बापत ६ सय र रजिस्ट्रेसन शुल्क बापत ४ सय गरी प्रति विद्यार्थी १ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो ।

यो वर्ष ११ कक्षामा जम्मा ५ लाख ३२ हजार विद्यार्थीले परीक्षा आवेदन फारम भरेका थिए । बोर्डमा कक्षा ११ को परीक्षा शुल्क रजिस्ट्रेसन बापत ५३ करोड २० लाख रुपैयाँ जम्मा भएको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्