नेपाल टेलिकमले इन्टरनेटको भाउ घटायो – Janadesh Daily | ePaper

नेपाल टेलिकमले इन्टरनेटको भाउ घटायो


जनादेश, काठमाण्डौं। नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटाएको छ । टेलिकमले हाल उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको हो ।  गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट  दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले रु. २,५०० रहेकामा अब रु. १,६०० मात्र हुनेछ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि रु. २,३०० बाट घटाएर रु. १,६०० नै कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः रु. २,१०० र रु. १,९०० रहेकोमा अब दुवैको महसुल दर रु. १,५०० कायम गरिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल रु. २,७०० रहेकोमा अब रु. २,४००, ११ देखि १०० एमबीपीएसको रु. २,४०० रहेकोमा अब रु. २,१०० र १०० एमबीपीएस भन्दा बढीको रु. २,१०० रहेकोमा अब रु. १,८००। कायम गरिएको उनको भनाइ छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गर्दै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्