कविताः तिमी म र निर्दयी बर्तमान – Janadesh Daily | ePaper

कविताः तिमी म र निर्दयी बर्तमान


इन्द्र बस्याल
म बेसि तिर झर्दै थिए
तिमी उकाली चढ्दै थियाै
म व्यबहारका कुरा गर्थे
तिमी सिद्धान्तमा अडिग थियाै
तिमी अादर्शबादी संसारका कुरा गर्थ्याै
मैले अाबस्यकता बमोजिमको लचकताकाे वकालत गरे
सिद्धान्तकाे हरियाे रङ र ब्यवहारकाे खैराे रङका कुरा गरे
तिमी मलाई क्वाटिबादी करार गर्थ्याै
म सप्तरङ्गी जीवनकाे कुरा गर्थे
न तिमीले जित्याै न मैले जिते
तिमीले धेरै गुमाएर सिमीत प्राप्तिमा गर्व गर्थ्याै
मैले धेरै प्राप्ति गरेर पनि तिमी बन्न नसकेकोमा
पश्चातापमा जलिरहन्थे
मैले छुट्याउन सकिन पाउने र गुमाउनेहरूकाे कथा
लेखाईमा फरक बुझाईमा फरक
उकाली चढ्नेहरू लेक लागेर बेसि फर्कदैछन्
बेसि झरेकाहरू पुरानाे थात थलाे संझिएर फर्कदैछन्
धेरै पढियाे लेकबेसिंका कथा
धेरै लेखियाे लेखबेंसिका कथा
लेखिएका कथाहरू धुलाेले पुरिएका छन्
नलेखिएका कथाहरू डांडा पाखामा गुन्जि रहेका छन्
मैले बिर्सेकाे छैन तिम्रा सङ्घर्षका कथाहरू
तिमीले देखेका छाै जीवनधारा पर्गेल्दै
सात समुन्द्र पारि मैले भाेगेकाे तिताे कथा
सवै भएर पनि एक्लाे निरीह एक्ले मानवकाे कथा
गल्ली, चाेक र काेठामा सिमीत कृतिमताले थिचिएकाे कथा
डलरलाई नेपालीमा हिसाब गर्दा गर्दै
सिंगाे जीवन डाैडदा डाैडदै बितेको कथा
रङ्गको जंगलमा रङ्ग हराएर
सिंगाे जीवन लुटिएकाे कथा ।
# प्रमुख प्रशासकीय अधिकृत,भक्तपुर नगरपालिका
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्