कविता : मर्दैनन् खुशीहरु – Janadesh Daily | ePaper

कविता : मर्दैनन् खुशीहरु


डा.शैलेन्द्रविक्रम गिरी.,

जोगाउनु पर्छ खुसीहरु !

दीपजस्तै हत्केलाले छोपेर

लुकाउनु पर्छ आँशु नयनमा

विरहजस्तै दबाएर

खोस्न खोज्छन् खुसीहरु !

शेषनाथले शुभ प्रभातमा

कलिला पातहरुमा

शीत नओभाउँदै

हिमालमा हिउँ नपग्लदै

कोइलीले गीत नगाउँदै

युगौं देखिको

दासता स्वीकार गरेका

ए मनुवाहरु !

अब जाग, व्युझ उठ !

जोगाउन खुसीहरु !

घर, समाज, राष्ट्रकोे

यी त अजम्बरी छन् सदासदा

कसैले मार्दैमा मर्दैनन् खुसीहरु !

 

# कार्यकारी निर्देशकः स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान,जवलाखेल ललितपुर ।

# Email: shailendra.giri@rec.edu.np

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्