युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ – Janadesh Daily | ePaper

युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ


एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उहाँको भनाइ थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्