वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीमा कोरोना संक्रमण – Janadesh Daily | ePaper

वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीमा कोरोना संक्रमण


काठमाडौं ,

वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती ्कविता केसी महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूतसमेत रहेका वरिष्ठ लोकगायक महतले ७ अगस्त शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सन्जाल फेसबुकमार्फत् आफूहरु दुबैलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

उनले सचेतना अपनाउँदा अपनाउँदै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

आफूहरु आफ्नै घरको अलग अलग कोठामा आइसोलेसनमा बसेको र छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा रहेको बताएका छन् ।

उनले कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन पनि विशेष आग्रह गरेका छन् ।

साथै संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन आह्वान गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्