नेकपा एस पनि माओवादीसँग मिसिने बाटोमा, एकताका लागि संयोजन समिति बनाउन स्वीकृति – Janadesh Daily | ePaper

नेकपा एस पनि माओवादीसँग मिसिने बाटोमा, एकताका लागि संयोजन समिति बनाउन स्वीकृति


नेकपा (एकीकृत समाजवादी) नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि संयोजन समिति बनाउन तयार भएको छ। बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले माओवादीसँग एकताका लागि संयोजन समिति बनाउने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले बताए।

‘हामीले पहिलेदेखि नै वाम एकताको कुरा गर्दै आएका छौं। त्यसको सुरूवात माओवादीसँग एकता गरेर अघि बढाउने निर्णय भएको छ,’ तुलाधरले भने। सचिवालय बैठकले उम्मेदवार छनौटको मापदण्डसमेत तय गरेको छ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपालको पार्टीसँग पनि एकता गर्न संयोजन समिति बनाउने कुरा भइरहेको बताएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्