अनुसंधान मूलक शिक्षण सिकाईबाट मात्र विश्वविद्यालय तहको शिक्षामा गुणस्तर कायम गर्न सकिन्छः उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल – Janadesh Daily | ePaper

अनुसंधान मूलक शिक्षण सिकाईबाट मात्र विश्वविद्यालय तहको शिक्षामा गुणस्तर कायम गर्न सकिन्छः उपकुलपति प्रा.डा. प्रेमनारायण अर्याल


जनादेश, काश्की पोखरा ।  पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले अनुसंधान मूलक शिक्षण सिकाइबाट मात्र विश्वविद्यालय तहको शिक्षामा गुणस्तर कायम गर्न सकिने बताउँनु भएको छ ।

No description available.

पोखरा विश्वविद्यालय अनुंसंधान केन्द्रले आयोजना गरेको तीन दिनसम्म चल्ने कार्यशाला गोष्टीको उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै उपकुलपति प्रा.डा. अर्यालले उक्त कुरा बताउँनु भएको हो । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबै कलेजहरुमा अनुसंधान व्यवस्थापन केन्द्र स्थापना भई सकेका छन् । अब उक्त केन्द्रहरु र विश्वविद्यालयको सहकार्यमा अनुसंधान मुलक कार्य अगाडी बढने कुरा बताउँनु भएको छ ।

तीन दिनसम्म चल्ने कार्यशाला गोष्टीमा साठी भन्दा बढी कलेजको प्रतिनिधित्व रहेको छ । उक्त कार्यशाला गोष्टीमा नेपालमा अनुसंधानको क्षेत्रमा योगदान पुराएका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । कार्यक्रमको सहजिकरण पोखरा विश्वविद्याल अनुसंधान केन्द्रका निर्देशक सहप्रध्यापक डा.नवराज धामीले गर्नु भएको छ ।

No description available.

No description available.

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्